आर्मी आहा! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश
पाेखरा | माघ १४, २०८०
Photo Sudarshan Ranjeet
पोखरा: गतवर्षको च्याम्पियन संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ३–० ले पराजित गरेको हो ।
पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपको पहिलो खेलमै साविक विजेता समेत रहेको संकटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
आर्मीको जितमा दिनेश हेमजनले २ तथा जिलेस्पीजंग कार्कीले १ गोल गरे । गतवर्षको प्रतियोगितामा संकटा क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल पराजित गरेको थियो ।
आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

